![](https://internal.appharu.com/wp-content/uploads/2023/10/Rastraya-Arthik-Bahas-768x403.jpg)
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले वित्त नीति र मौद्रिक नीतिबीच तारतम्य नमिलेको बताएका छन । सरकारको वित्ती नीति र राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको बाटो फरक-फरक हुँदा समस्या भएको उनले बताए ।
‘सरकार र राष्ट्र बैंकको नीतिबीच तालमेल नमिलेकै कारण अर्थतन्त्रमा सुधार नभएको हो,’ नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार राजधानीमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य विषयक कार्यक्रममा उनले भने ।
अहिले अर्थतन्त्रमा ५ खर्ब रुपैयाँभन्दा अधिक तरलता रहे पनि कर्जाको माग हुन नसकेको उनले बताए ।
अर्थतन्त्र अलि सहज हुनुपर्छ भनेर सरकारले जग्गाको किटाकाट खुलाए पनि सहज नभएको अध्यक्ष मल्लको भनाइ छ । ‘सरकारले निजी क्षेत्रको काम हुने भए हुन्छ नत्र हुन्न भन्नु पर्यो, दु:ख दिनु भएन,’ मल्लले भने ।
SHARE YOUR THOUGHTS