मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्थतन्त्र गतिशील बनाउन उत्पादन वृद्धिमा जोड दिऔँः पाण्डे


नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अर्थतन्त्रलाई गतिशील बनाउन उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभा बैठकको विशेष समयमा शुक्रबार प्रमुख सचेतक पाण्डेले देशको आर्थिक अवस्थालाई अझ गतिशील बनाउनुपर्ने बताएका हुन् ।

अर्थतन्त्रलाई गतिशील बनाउन उत्पादन वृद्धिमा जोड दिनुपर्ने उनको भनाइ छ । उनले प्राकृतिक स्रोत, साधनको सदुपयोगमा पनि ध्यान दिनुपर्ने धारणा राखे ।

उनले संघीयताको कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । यसका लागि संघीय सरकारले पहलकदमी लिनुपर्ने उनको भनाइ छ ।

संघीयताको कार्यान्वयनमा संघीय संसदको पनि भूमिका हुने भन्दै प्रमुख सचेतक पाण्डेले आवश्यक कानुन निर्माणका विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताए ।