![](https://internal.appharu.com/wp-content/uploads/2023/10/deepakraj-home-768x461.jpg)
काठमाडौं । अभिनेता दीपकराज गिरीले नेपाली चलचित्रलाई समयानुकुल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीति शरीरको मुटु भएको र नेपालीहरु राजनीतिबाट हामी टाढा बस्नै नसक्ने बताए । उनले धेरै नेताहरु आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिने गरेपनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समायानुकुल आफूलाई परिवर्तन गर्नसक्ने क्षमताको नेता भएको बताए।
उनले भने, ‘हामीले चलचित्र समयानुकुल परिवर्तन गर्दै जानुपर्छ । राजनीति भन्ने चिज शरीरको हार्ट र मुटु हो । राजनीतिबाट हामी टाढा बस्नै सक्दैनौँ । धेरै नेताहरु आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिएको देख्छु तर केपी शर्मा ओलीमा अहिलेको समाजसँग परिवर्तन गर्दै जाने खुबी छ । उहाँमा सबै किसिमको ज्ञान छ । उहाँका पोस्ट र व्यक्तिगत रुपमा भेट्दा पनि राम्रो लाग्छ । आफूलाई समयानुसार अपग्रेट गर्नुपर्छ । यो कुरा चलचित्रमा लागू हुन्छ । हास्यव्यंग्यको कुरा गर्दा मलाई नै भन्छन्, तँ भन्दापनि ठूलो हास्यव्यंग्यकर्मी उहाँ हो । व्यंग्यको चेत भनेको ठूलो कुरा हो, व्यंग्य गर्न थुप्रै अध्ययन चाहिन्छ ।’
SHARE YOUR THOUGHTS