![](https://internal.appharu.com/wp-content/uploads/2023/10/Isreal--768x403.jpg)
काठमाडौं । इजरालयबाट थप १९ नेपाली युवालाई स्वदेश फर्काइएको छ । भारतले सञ्चालन गरेको ‘अपरेसन अजय’ मार्फत आफ्ना २८६ नागरिकसहित १९ नेपालीलाई स्वदेश फर्किन मद्दत गरेको हो । उनीहरु मंगलबार भारत आइपुगेका छन् ।
भारतका लागि नेपाली दूतावासको सहयोगमा उनीहरु गौरीफन्टा नाका हुँदै नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि नेपालले असोज २६ गते २५४ नेपालीको उद्धार गरेको थियो । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए ।
इजरायलमाथि प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको थियो ।
SHARE YOUR THOUGHTS