![](https://internal.appharu.com/wp-content/uploads/2023/11/19puspa-mela-2080-768x403.png)
काठमाडौं । ललितपुरको जावलाखेलमा गत मंगलबारदेखि जारी गोदावरी फूल मेला एक दिन थप गरिएको छ । उपभोक्ताको माग बढेकाले मेला आइतवारसम्म लम्व्याइएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।
आइतवार मेलामा टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत रकम जाजगरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि उपलब्ध गराइने एसोसिएसनले जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/5puspa-mela-2080.png)
‘जावलाखेल खेल मैदान ललितपुरमा जारी १६ औ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको मेला अवधी एक दिन थप गर्दै कार्तिक १९ गते आइतवार बेलुकासम्म मेला जारी रहने जानकारी गराउँदछौँ,’ एसोसिएसनले शनिवार प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, ‘आइतवारको मेलाको टिकटबाट हुने आम्दानीको ५० प्रतिशत रकम जाजरकोट तथा पश्चिम रुकुम क्षेत्रमा गएको भुकम्प पीडितको उद्धार तथा सहयोगका लागि नेपाल सरकारको कोषमा जम्मा गरिने जानकारी गराउँदछौं ।’
एसोसिएसनले आफ्ना सदस्य तथा आम नागरिकलाई भुकम्पपीडितको राहतका लागि आआफ्नो स्थानबाट सहयोग गर्नसमेत अपिल गरेको छ। एसोसिएन मुख्य आयोजक तथा पुष्प विकास केन्द्र सह आयोजक रहेको प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रयोजन गरेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/puspa-mela-2080-cover.png)
प्रदर्शनीमा व्यवसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल २, फ्लावर सजावट स्टल २ र सूचनामूलक ५ लगायत गरी ७० वटा स्टल रहेका छन् । यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।
शनिवार विहान स्वास्थ्य मन्त्री मोहन बहादुर वस्नेत, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, कृषि तथा पशपन्छी मन्त्रालयका सहसचिव लगायत सरकारी उच्च पदस्त अधिकारीले मेला अवलोकन गरेका छन् । विहानैदेखि मेलामा अन्य दिनभन्दा अत्यधिक भीड लागेकोछ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/25puspa-mela-2080.png)
शुक्रवार मेलामा पूर्व बडामहारानी कोमल राज्य लक्ष्मी शाह तथा रास्ट्रिय स्वतन्त्र पार्टीकी सभासद डा. तोशिमा कार्की लगायत बाट मेला अवलोकन भएको थियो । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ चलिरहेको मेलाको चौथो दिन (शुक्रवार) सम्म ३१ हजारले मेला अवलोकन गरेका छन् भने ७७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको एसोसिएसनले जनाएको छ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/24puspa-mela-2080-768x403.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/22puspa-mela-2080-768x403.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/20puspa-mela-2080-768x403.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/18puspa-mela-2080-768x403.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/17puspa-mela-2080-768x403.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/16puspa-mela-2080-768x403.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/15puspa-mela-2080-768x403.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/14puspa-mela-2080-768x403.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/13puspa-mela-2080-768x403.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/12puspa-mela-2080-768x403.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/11puspa-mela-2080-768x403.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/10puspa-mela-2080-768x403.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/9puspa-mela-2080-768x403.png)
SHARE YOUR THOUGHTS