ग्रीन डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारीमा प्रकाश गुरुङ « Eglish Khabarhub

ग्रीन डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारीमा प्रकाश गुरुङ



काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन् । गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको बैंकको सञ्चालक समित बैठकले दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका गुरुङ यसअघि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिए । त्यसअघि उनी पोखरा फाइनान्सको संचालकको भूमिकामा पनि थिए ।

Publish on: