![](https://internal.appharu.com/wp-content/uploads/2023/11/Tiktok-1-768x403.jpg)
काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा सोमबार सुनुवाइ हुन सकेन ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासमा उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेको हो । न्यायाधीश चूँडालसहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने हुँदा सुनुवाइ हुन नसकेको जनाइएको छ ।
उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । सरकारले कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
SHARE YOUR THOUGHTS