भारतीय मुद्रा डलरको तुलनामा ऐतिहासिक रुपमा घट्दो, एकै आर्थिक वर्षमा १.४ प्रतिशतले अवमूल्यन

एजेन्सी । भारतीय मुद्रा डलरको तुलनामा एतिहासिक रुपमा कमजोर बन्द गएको देखिएको छ ।

सोमबार अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ थप ९ पैसाले घटेर ८३.२५ रुपैयाँ प्रति डलरसम्म पुगेको छ । सोमबार अन्तर बैंक फरेन एन्सचेन्ज मार्केटमा भारतीय रुपैयाँ ८३.२५ रुपैयाँ प्रति डलरले सोमबार कारोबार भएको र ८३.३५ रुपैयाँ प्रतिडलरमा बन्द भएको थियो ।

विगतमा भारतीय फरेन एक्सचेन्ज ट्रेडर्सकाअनुसार विदेशी पैसा भारतबाट बाहिर गएका (फरेन फन्ड्स आउटफ्लो) कारण रुपैयाँ डलरको तुलनामा कमजोर भएको भारतीय सञ्चारमाधयमले जनाएका छन् ।

यसअघि भारतीय मुद्रा १३ नोमेम्बरमा प्रति डलर ८३.३३ सम्म पुगेको थियो । गत शुक्रबार भने डलरको तुलनामा भारतीय मुद्रा ८३.२६ रुपैयाँ प्रति डलरमा कारोबार एको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चालु आथिक वर्ष सुरु भएयता भारतीय मुद्रा डलरको तुलनामा निरन्तर घटदै गएको छ । नोमेम्बर महिनामा मात्रै भारतीय मुद्राको अवमूल्यन ०.१ प्रतिशतसम्म भएको छ । चालु आर्थिक वर्षमा भने भारतीय मुद्राको अवमूल्यन १.४ प्रतिशतसम्म भएको छ ।