![](https://internal.appharu.com/wp-content/uploads/2023/11/Unilever-1-768x403.jpg)
काठमाडौं । जाजरकोट भूकम्पप्रभावितलाई युनिलिभर नेपालले १ करोड रुपैयाँ सहयोग गरेको छ ।
भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुपलगायतका राहत सामग्री लिएर गएको कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गरेको हो ।
भूकम्पप्रभावित क्षेत्रको पुनर्निर्माण र पुन:स्थापनामा सरकारलाई साथ दिन रकम सहयोग गरेको कम्पनीले जनाएको छ । कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेका छन् ।
SHARE YOUR THOUGHTS