![](https://internal.appharu.com/wp-content/uploads/2023/11/yuwa-768x403.png)
काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको अभियानमा सहभागी हुन आएर होटलमा बास बसिरहेका महिलालाई मध्यरातमा लखेटेको भन्दै आलोचना भएपछि नेकपा एमाले निकटको युवा संघले अराजक घुसपैठी समूहले आफूहरुको संगठनको नाम बदनाम गराइरहेको आशंका व्यक्त गरेको जनाएको छ ।
बास बसेको स्थानबाट मध्यराति जबरजस्ती महिलालाई हटाउने कार्यको सर्वत्र आलोचना भएपछि युवा संघका अध्यक्ष क्षितिज थेबे बचाउमा विज्ञप्ति जारी गरेका हुन् ।
राष्ट्रिय युवा संघले मंसिर ७ गते आयोजना गरेको युवा–विद्यार्थी विशेष कार्यक्रम बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी भएको आशंका गरेको विज्ञप्तिमा दाबी गरिएको छ ।
‘मंसिर ७ गते आयोजना गरिने युवा–विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समूहले हाम्रो संगठनको नाम बदनाम गराइरहेको आशंका हामीले गरेका छौँ,’ थेबेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घुसपैठबारे हामीले आन्तरिक रूपमा छानबिन गरिरहेको बेहोरा जानकारी गराउँछौँ। यस्ता खालका कुनै पनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिविधि नगरिएको जानकारी गराइन्छ ।’
राष्ट्रिय युवा संघ नेपाल संविधान र विधिको शासनलाई पूर्णतः स्वीकार गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा लोकतान्त्रिक मूल्य, मान्यता र आचरणसहित आफ्ना गतिविधि सञ्चालन गरिरहेको उनको भनाइ छ ।
‘जनसरोकार जनजिवीकाका मुद्दाहरुमा सधैँ अग्रपंक्तिमा रहेर युवाहरुको आवाज बुलन्द पार्ने नेपाली युवाहरुको सर्वाधिक लोकप्रिय तथा नेतृत्वदायी संगठन राष्ट्रिय युवा संघ नेपाललाई बदनाम बनाउने उद्देश्यका साथ सामाजिक संजालमा विभिन्न भिडियोहरु फैलाइएको हाम्रो निष्कर्ष छ,’ विज्ञप्तिमा भनिएको छ ।
संगठनको नाम बदनाम गराउन भएको घुसपैठबारे आफूहरुले आन्तरिकरुपमा छानविन गरिरहेको युवा संघले जनाएको छ ।
‘मंसिर ७ गते आयोजना गरिने युवा विद्यार्थी विशेष कार्यक्रमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समूहले हाम्रो संगठनको नाम बदनाम गराइरहेको आशंका हामीले गरेका छौं, घुसपैठबारे हामीले आन्तरिकरुपमा छानविन गरिरहेको व्यहोरा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता खालका कुनैपनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिविधि नगरिएको जानकारी गराइन्छ ।’
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/370279424_762162092418612_1378213069762691644_n-1700643944.jpg)
SHARE YOUR THOUGHTS