
काठमाडौं । हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रुपमा विदेशी विनिमय कारोबार गर्ने रुपेश श्रेष्ठलाई प्रहरीले ९९ लाख २ हजार ८२५ रुपैयाँसहित पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उक्त रकम सहित श्रेष्ठलाई काठमाडौं महानगरपालिका–२८ बागबजार स्थित उनकै घरबाट पक्राउ गरेको छ ।
काठमाडौंको विभिन्न स्थानमा केही व्यक्तीहरुले आपराधिक समूह बनाई नेपाल राष्ट्र बैंकबाट अनुमती नलिइ अवैध रुपमा हुण्डी कारोबार गरी नेपाल राष्ट्र बैंक ऐन,२०५८ अन्तर्गतको कसूर गरेको भन्ने सूचनाको आधारमा ब्यूरोले बुधबार पक्राउ गरेको जनाएको छ ।
श्रेष्ठले प्रयोग गर्ने मोबाईलहरु चेक जाँच गर्दा नेपाल राष्ट्र बैंकसँग इजाजतपत्र नलिई क्यास एप जस्ता मोबाइल एपको प्रयोग गरी हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रुपमा विदेशी विनिमय कारोबार गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।
उनको साथबाट ८९ लाख ६९ हजार र ७ हजार २६ अमेरिकी डिलर अर्थात ९ लाख ३३ हजार ८२५ रुपैयाँ सहित ९९ लाख २ हजार ८२५ रुपैयाँ फेला पारेको छ । श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्