![](https://internal.appharu.com/wp-content/uploads/2023/11/asian-life-768x403.jpg)
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीलाई आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवस २०८० को अवसरमा सम्मान गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठलाई कार्यालय प्रमुख गजेन्द्रप्रसाद यादवले बिहीबार आन्तरिक राजस्व कार्यालय पुतलीसडकमा आयोजित एक कार्यक्रमबीच सम्मान पत्र हस्तान्तरण गरेका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा कार्यालयको कार्यक्षेत्रअन्तर्गत वित्तीय संस्था क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मान गरेको हो ।
SHARE YOUR THOUGHTS