![](https://internal.appharu.com/wp-content/uploads/2023/11/durga-andolan1.png)
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन भएको छ ।
प्रसाईं नेतृत्वको समूहले सडक अवरुद्ध पार्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । प्रसाईं समर्थकले प्रहरीमाथि ढुंगामुढा गरेका थिए भने प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा हिन्दूवादीहरुको समेत उपस्थिति रहेको थियो ।
आफूलाई धर्मगुरु बताउने आचार्य श्रीनिवासले उक्त प्रदर्शनमा उग्रअभिव्यक्ति दिँदै सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/durga-andolan-768x403.png)
प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका थिए । त्यसक्रममा उनको कार्यक्रममा धर्मगुरु र राजावादी समूहसमेत सहभागि भएका थिए ।
त्यसपछि सिथिल बनेको प्रसाईंको आन्दोलन आज उग्र देखिएको हो ।
SHARE YOUR THOUGHTS