काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका ५ महालक्ष्मी स्थानस्थित महालक्ष्मी मन्दिरमा रहेको महालक्ष्मी स्वस्तिक बगैँचा मर्मत कार्यका लागि महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी गरेको छ ।
महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि गर्नुका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पुर्याउने उद्देश्यले बैंकले बगैँचा मर्मत गर्नका लागि सम्झौता गरेको जनाएको छ । बैंकले २०७७ सालमा बगैंचाको पुनर्निर्माण गर्नुका साथै निरन्तर मर्मत गर्दै आइरहेको छ ।
बैंकले इच्छुक दर्शनार्थीलाई मन्दिरमा डिजिटल दान/भेटी प्रदान गर्न सहज बनाउने हेतुले क्युआर कोडको व्यवस्था गरेको छ । महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुङ्गाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले समझदारी पत्र आदानप्रदान गरे ।
आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS