प्रधानमन्त्रीलाई दुबई लिएर जाँदा नेपाल एयरलाइन्सले ३१ यात्रुलाई किन नेपालमै छाड्यो ? « Eglish Khabarhub

प्रधानमन्त्रीलाई दुबई लिएर जाँदा नेपाल एयरलाइन्सले ३१ यात्रुलाई किन नेपालमै छाड्यो ?


१४ मंसिर २०८०, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल एयरलाइन्सको उडानबाट युनाइटेड अरब इमिरेट्स (युएई) प्रस्थान गर्ने क्रममा ३१ यात्रु नेपालमै छुटेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप २८’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति ९ बजेर ३० मिनेटमा प्रधानमन्त्री नेपाल एयरलाइन्सको विमानमार्फत युएई प्रस्थान गरेका थिए । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका वरिष्ठ अधिकारी छन् ।

प्रधानमन्त्री युएई जाने क्रममा नेपाल एयरलाइन्सको फ्लाइट नम्बर २२९ विमानमा टिकट काटेका ३१ यात्रु भने नेपालमै छुटेका छन् ।

११ बजेका लागि निर्धारित उडान तालिकालाई दुई घण्टा अघि सारिएपछि उनीहरुलाई नेपाल एयरलाइन्सले छोडेर गएको हो । ढिला गरि विमानस्थल पुगेका ३१ यात्रुले सो विमानमा उडान गर्न नपाएको नेपाल एयरलाइन्सका कमर्सियल डाइरेक्टर टंक दाहालले जानकारी दिए ।

‘३१ यात्रु काउन्टर क्लोज हुने बेलामा विमानस्थल आइपुग्नु भयो’ दाहालले भने, ‘जसका कारण चेक इन गर्न नभ्याइएकाले समस्या भएको हो ।’

छुटेका यात्रुलाई ज्ञानेश्वरस्थित काबेरी इन होटलमा राखिएको छ ।

चालक दलका सदस्य बाहेक २ सय ७४ जना यात्रु रहेको नेपाल एयरलाइन्सले ‘भीभीआईपी’ उडानबारे यात्रुहरुलाई केही दिनअघि नै जानकारी गराएको दाबी गरेको छ । ‘हामीले दुई/तीन दिन अघिनै सम्भव भएसम्मका यात्रुलाई सम्पर्क गरेका थियौं’ उनले भने, ‘तर ३१ जना उडान हुनुभन्दा आधा घण्टाअघि मात्र आउनु भयो । त्यसकारण चेक इन गर्न सम्भव भएन ।’

प्रधानमन्त्रीको भ्रमण तय भएपछि परराष्ट्र मन्त्रालयसँग नेपाल एयरलाइन्सले छलफल गरेको थियो । त्यसपछि टिकट काटिसकेका यात्रुलाई मेल र फोनमार्फत जानकारी गराइए उनको दाबी छ ।

‘अहिले प्लेन पाँच मिनेट डिले हुने भयो भने पनि सिस्टमबाट अटोमेटिक इमेल जान्छ’ दाहालले भने, ‘हामीले सम्पर्क व्यक्तिलाई समेत फोन गरेका थियौं तर पनि उहाँहरुले ढिला गर्नुभयो ।’

सामान्य अवस्थामा भन्दा पनि भीभीआईपी फ्लाइट भएकाले केही समस्या भएको उनको भनाइ छ । ‘सामान्य अवस्थाको उडान जस्तो होइन भीभीआइपी फ्लाइट भएकाले ढिला हुँदा चेकइन, लगेजको व्यवस्थापन लगायतको समस्या हुन्छ’ उनले भने ।

उक्त विमानको टिकट काटेका मध्ये धेरैजसो विदेशबाट टिकट काटेकाहरु रहेका छन् । दाहालले नेपालबाट टिकट काटेका १२ जना र अरु विदेशबाट टिकट काटेकाहरु छुटेको जाकारी दिए ।

छुटेकाहरुलाई होटलमा राखेको छ र उनीहरुलाई आज वा भोलि भित्रमा पठाइसकिने निगमले जनाएको छ । छुटेका यात्रुलाई निगमले आफ्नो जहाज नभए पनि अन्य एयरलाइन्ससँग समन्वय गरेर युएई पठाउने तयारी रहेको दाहालले बताए ।

‘छुटेकाहरुलाई हामीले अन्य एयरलाइन्ससँगको समन्वयमा एक दुई भित्रमा पठाइसक्छौं’ दाहालले भने ।

कोपमा सहभागी हुन जान लागेको बताउने अधिवक्तासमेत रहेका प्रज्ज्वल विक्रम राणाले भने आफूहरुलाई उडान तालिका सारेको बारेमा नेपाल एयरलाइन्सले कुनै जानकारी नगराएको दाबी गरेका छन् ।

‘नेपाल एयरलाइन्सले हामीहरुलाई उडान दुई घण्टा अघि सारेको बारेमा जानकारी गराएको थिएन,’ उनले भनेका छन्, ‘म साढे ८ बजे बोर्डिङ गर्ने ठाउँमा जाँदा कर्मचारीहरु थिएनन् । उनीहरु प्रधानमन्त्रीलाई बिदा गर्न गएको सुन्यौं ।’

पछि आएका एक कर्मचारीले भीभीआपीको भिजिट भएकाले आफूहरुले केही गर्न नसकेको बताएको उनले जनाएका छन् । ‘यो नेपाल एयरलाइन्सको गैरजिम्मेवारीपन हो,’ उनले भने, ‘यस्तो काममा को जिम्मेवार हुने हो ?’

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार ००:००  १ : ५० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping