![](https://internal.appharu.com/wp-content/uploads/2023/11/Tiktok-1-768x403.jpg)
काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयमाथि परेको रिट ‘हेर्न नभ्याइने’ मा परेको छ ।
मंगलबार सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी परे पनि उक्त रिटमाथिको सुनुवाइ २२ नम्बरमा परेपछि हेर्न नभ्याइनेमा परेको हो ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले एक दर्जन बढी रिटको एकीकृत सुनुवाइ गर्दै टिकटक बन्द गर्नुको कारण देखाउन सरकारको नाममा आदेश जारी गरेको थियो ।
तर रिट निवेदकहरुको माग बमोजिम अन्तरिम आदेश जारी गर्न भने इजलासले अस्वीकार गरेको थियो । गएको कात्तिक २७ गते मन्त्रिपरिषद्ले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । टिकटकमाथि प्रतिबन्ध लागेसँगै एक दर्जन बढी रिट दर्ता भएका थिए ।
SHARE YOUR THOUGHTS