शासकीय सुधारका लागि आयोग गठन हुन्छः प्रधानमन्त्री « Eglish Khabarhub

शासकीय सुधारका लागि आयोग गठन हुन्छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको बताएका छन् ।

बुधबार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले समग्र शासकीय प्रणालीमा सुधार गरेर अघि बढ्ने सरकारको सोच रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले शासकीय प्रणालीमा समग्र सुधारका लागि सरकारले शासकीय सुधार आयोग निर्माण गरेर अघि बढ्ने तयारी गरिरहेको पनि बताए ।

उनले जनताले अनुभुति गर्ने गरी सेवा प्रवाहको कामलाई अघि बढाउनका लागि समेत मुलुकको समग्र शासकीय प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको दोहोर्‍याए ।

प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व लिने बेलामा नतिजामुखि काम गर्न मन्त्रालयका सचिवहरुलाई दिएको निर्देशन अनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आमुल परिवर्तनकारी सोचका साथ अघि बढ्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले जनतामा उत्साह आउने गरी परिणाममुखि काम गर्न पनि मातहतका सबै निकयलाई सचेत गराए ।

Publish on: