![](https://internal.appharu.com/wp-content/uploads/2023/05/gold3-768x406.jpg)
काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख १७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ६० रुपैयाँ कायम भएको थियो ।
SHARE YOUR THOUGHTS