![](https://internal.appharu.com/wp-content/uploads/2023/11/prachanda-4-768x403.png)
नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल नवलपरासी पश्चिमस्थित रामग्राम आउँदै छन् ।
लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहारको अग्रसरतामा रामग्राम स्तूप क्षेत्रको पुनः स्थापना, संरक्षण र विकासका लागि दूरदर्शी परियोजनाको शुभारम्भ कार्यक्रमका लागि प्रधानमन्त्री नवलपरासी पश्चिम आउन लागेका हुन् ।
प्रधानमन्त्रीले मध्यान्ह १२ बजेर १२ मिनेटमा विश्व शान्तिको कामना गर्दै विशेष शान्ति दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्डसहित पर्यटनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहने आयोजकको भनाइ छ ।
SHARE YOUR THOUGHTS