![](https://internal.appharu.com/wp-content/uploads/2023/09/teacher-768x403.jpg)
काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा विधेयकमा प्राकृतिक विषयमा अध्यापन गराउने शिक्षकहरुलाई अध्यापन अनुमति पत्रको आवश्यकता नपर्ने व्यवस्था गर्न माग गरिएको छ ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको सम्बन्धमा बोल्दै नेपाल बौद्ध महासंघका प्रतिनिधि खेम्पो कमल भण्डारीले प्राकृतिक विषयमा अध्यापन गराउने शिक्षकहरुलाई अध्यापन अनुमति पत्रको आवश्यकता नपर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
उनलेले स्थानीय तहमा शिक्षा सम्बन्धी नीति, निर्देशिका निर्माण गर्दा परम्परागत गुम्बा, गुरुकुल, मद्रसा शिक्षालाई अनिवार्य रुपमा समावेश गराउनुपर्ने बताए । गुम्बा, गुरुकुल र मदरसाहरुलाई सरकारले पर्याप्त अनुदान उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
परम्परागत शिक्षालाई व्यवस्थापन गर्न संघ, प्रदेश र स्थानीय तहका बीचमा समन्वय समिति गठन गर्नुपर्ने उनको भनाइ छ ।
SHARE YOUR THOUGHTS