![](https://internal.appharu.com/wp-content/uploads/2024/01/mahendra-khadka.jpg)
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का अध्यक्ष एवं प्रवक्ता महेन्द्र खड्का मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त-६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति अध्यक्ष खड्काको मृत्यु भएको हुनसक्ने बताए ।
‘बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको देखिन्छ,’ उनले भने, ‘रातिको समयमा घटना भएको देखियो ।’ प्रहरीले घटनाबारे भीमदत्त नगर प्रमुख पदम बोगटीसहित जनप्रतिनिधिलाई जानकारी गराइसकेको छ ।
‘प्राम्भिक हेर्दा मोटरसाइकल दुर्घटनामा परी अध्यक्ष खड्काको मृत्यु भएको देखिन्छ,’ प्रहरी उपरीक्षक थापाले भने, ‘घटनाको विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको छ ।’ अध्यक्ष खड्का बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा सहभागी थिए ।
SHARE YOUR THOUGHTS