![](https://internal.appharu.com/wp-content/uploads/2024/01/Basanta-768x403.png)
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको सरुवा भएको छ ।
महानगरका मेयर बालेन्द्र शाहसँगको टकरावका कारण विदामा रहेका अधिकारीको मधेश आयोगमा सरुवा भएका हुन् ।
अधिकारी र महानगरका मेयर शाहबीच निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको विषयमा विवाद भएको थियो। कार्यपालिकाको बैठकबाट भएको निर्णयमा महानगरका कर्मचारीको आफन्तलाई नियुक्त गर्ने गरि निर्णय प्रमाणिकरण गरेको भन्दै मेयर शाहले तीन कर्मचारीलाई निलम्बनका साथै अधिकारीलाई बिदामा राखेका थिए ।शाहको सचिवालयले उनको कार्यकक्षमा ताला समेत लगाएको थियो ।
उनको स्थानमा सरकारले राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई सरुवा गरेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/saruwa.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/saruwa1.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/saruwa2.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/saruwa3.png)
SHARE YOUR THOUGHTS