गण्डकीका ३३ पालिकासँग सामाजिक सुरक्षा कोषको समझौता « Eglish Khabarhub

गण्डकीका ३३ पालिकासँग सामाजिक सुरक्षा कोषको समझौता



काठमाडौं । सामाजिक सुरक्षा कोषले गण्डकी प्रदेशका ४२ स्थानीय तहहरूसँग छलफल गरेको छ ।

गण्डकी प्रदेशका ५ जिल्ला ४२ स्थानीय तहहरुसँग कोषले दुई दिने कार्यशाला गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको उपस्थितमा माघ ०५ र ०६ गते सामाजिक सुरक्षा कोषले ‘स्थानीय तहसँग सामाजिक सुरक्षा कोष’ सम्बन्धी कार्यक्रम गरेको हो । त्यस अवसरमा ३३ स्थानीय पालिकासँग कोषले सम्झौतासमेत गरेको छ । ४३ पालिकासँग सम्झौता गरेको छ ।

गण्डकी प्रदेशका २ पालिकाहरू फेदीखोला गाउँपालिका र ताराखोला गाउँपालिकासँग सम्झौता भएसँगै थप ३१ (अन्नपूर्ण गाउँपालिका, मादी गाउँपालिका, रूपा गाउँपालिका, वालिङ नगरपालिका, आँधीखोला गाउँपालिका, कालीगण्डकी गाउँपालिका, बिरुवा गाउँपालिका, हरिनास गाउँपालिका, गल्कोट नगरपालिका, ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका, पैयूँ गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दिपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका, ऋषिङ्ग गाउँपालिका र आँबुखैरेनी गाउँपालिका) पालिकासँग समेत सम्झौता भएको छ ।

निकट भविष्यमै बजेटको व्यवस्था गरी आ-आफ्नो पालिका अन्तरगतका अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई कोषमा सूचीकरण तथा योगदान संकलन गर्ने प्रतिबद्धता उनीहरुले व्यक्त गरेका छन् ।

Publish on: