![](https://internal.appharu.com/wp-content/uploads/2024/02/chandragiri-himpat-768x403.png)
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार काठमाडौंसहित देशका विभिन्न स्थानमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशेषगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ । काठमाडौँमा साँझ करिब डेढ घण्टा वर्षा भएको थियो ।
महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौँमा तीन दशमलव छ मिलिमिटर वर्षा भएको छ । वर्षासँगै काठमाडौं आसपासका डाँडाहरुमा हिमपात भएको छ । फूलचोकी, चन्द्रागिरी लगायका स्थानमा हिमपात भएको छ ।
यसैबीच चन्द्रगिरि हिल्सले शुक्रबार बिहान देखि बेलुकीसम्म केबलकार सञ्चालन हुने जनाएको छ । आज हिमपात भएपछि भोलि हिउँ खेल्न जानेहरुको सुविधाका लागि कम्पनीले बिहानैदेखि केबलकार सञ्चालन गर्ने भएको हो । केवलकार बिहान ७:०० बजेदेखि बेलुका ९:०० बजेसम्म सञ्चालन रहने चन्द्रागिरि हिल्सले जनाएको छ ।
SHARE YOUR THOUGHTS