![](https://internal.appharu.com/wp-content/uploads/2024/02/sun-kanda-768x403.png)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकारसमेत रहेका प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको सामाखुसी क्षेत्रबाट उनलाई पक्राउ गरेका हुन् । पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । विमानस्थल भन्सार कार्यालयले गत मंसिर २१ गते फ्लाइ दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो ।
१४ केजी सुनसहित रंगेहात प्रक्राउ परेको चन्द्र घलेको बयानका आधारमा भन्सार कार्यालयले मिन घलेलाई प्रक्राउ गरेको थियो । मिन घले पक्राउ परेपछि गुरुङ फरार भएका थिए ।
मिन घलेले बयानमा क्रममा जीवन गुरुङ पूर्वउपराष्ट्रपति पुनको सल्लाहकार भइसकेको र गुरुङले नै काठमाडौंमा जम्मा हुने सुन सीमावर्ती क्षेत्रमा पुर्याउने गरेको बताएका छन् ।
काठमाडौं जिल्ला अदालतमा चन्द्र घले र मीनबहादुर घलेसहितका प्रतिवादीसँग १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दायर भएको थियो ।
उनलाई सीआईबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ ।
SHARE YOUR THOUGHTS