
काठमाडौं । नेकपा एमाले-माओवादी केन्द्रसहितको ४ दलिय गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ ।
नेकपा एमालेलाई ९, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको नेताहरुको भनाइ छ ।
मन्त्रिपरिषदमा नेकपा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीको रुपमा गर्ने छन् ।
त्यस्तै माओवादीबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्ने तय भएको छ । यसअघि माओवादीका हितबहादुर तामाङले मन्त्रीको सपथ लिइसकेका छन् ।
रास्वपाको भागमा चार वटा मन्त्रालय परेको छ । त्यसका लागि मन्त्रीको टुंगो लगाएको बताइएको छ । आज बसेको कार्यदलको बैठकले गृहसहित श्रम, युवा तथा खेलकुद र शिक्षा मन्त्रालय दिने टुंगो लगाएको छ ।
यससँगै रास्वपाले अध्यक्ष रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री, डीपी अर्याललाई श्रम, सुमना श्रेष्ठलाई शिक्षा र युवा तथा खेलकुद मन्त्रालयमा विराजभक्त श्रेष्ठलाई पठाउने निर्णय गरेको स्रोतले जनाएको छ । अर्यालले यसअघि नै बिना विभागीय मन्त्रीमा सपथ लिएका छन् ।
SHARE YOUR THOUGHTS