२० हजार घुस लिइरहँदा दुई प्रहरी पक्राउ « Eglish Khabarhub

२० हजार घुस लिइरहँदा दुई प्रहरी पक्राउ



काठमाडौं । महोत्तरीबाट नेपाल प्रहरीका दुई कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित कान्तिबजार प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्मा प्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जितकुमार झालाई घुस लिइरहेको बेला पक्राउ गरेको हो ।

स्थानीय एक व्यक्तिले ठेक्का लिएको जग्गाको विवादमा अदालतबाट भएको फैसला कार्यान्वयन नगर्नका लागि छलफल गराउने भनि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा आयोगले उनीहरुलाई २० हजार रुपैयाँ लिइरहेको बेला पक्राउ गरेको अख्तियारले जनाएको छ ।

Publish on: