गृहमन्त्रीको निर्देशनमा काठमाडौं र पोखरामा पेट्रोल पम्प २४ सै घण्टा खुला « Eglish Khabarhub

गृहमन्त्रीको निर्देशनमा काठमाडौं र पोखरामा पेट्रोल पम्प २४ सै घण्टा खुला



काठमाडौं । काठमाडौं र पोखरामा पेट्रोल पम्प २४ सै घण्टा सञ्चालन हुन थालेका छन् ।

गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौं र पोखरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सञ्चालन गरिरहेको पेट्रोल पम्पहरु सञ्चालन हुन थालेका हुन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प चैत ७ गतेदेखि २४ सै घण्टा खुला गरिएका हुन् ।

‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प चैत ७ गतेदेखि २४ सै घण्टा खुला गरिएको छ,’ गृहमन्त्रीको सचिवालयले भनेको छ, ‘ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गर्न थालिएको हो।’

Publish on: