![](https://internal.appharu.com/wp-content/uploads/2024/03/Nepal-airliness.png)
काठडमाडौं । नेपाल वायुसेवा निगमको काठमाडौंबाट दोहो उडेको एउटा वाइडबडी जहाजको हाइड्रोलिकमा समस्या देखिएपछि ४० मिनेट उडेर काठमाडौं नै फर्किएको छ ।
बिहीबार राति निगमको वाइडबडी काठमाडौंबाट ७० नटिकल माइल (करिब १३० किलोमिटर) उडेपछि हाइड्रोलिकमा समस्या देखिएको थियो ।
काठमाडौंबाट दोहा उडेको ए३३०–२०० नामक ९ एन एनएलवाई कलसाइनको जहाज बीचबाटोबाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको थियो । जहाजमा समस्या आएपछि त्यसका यात्रुलाई अर्को जहाजमा राखेर राति नै दोहा पठाइसकिएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए ।
उनकाअनुसार समस्या आएको जहाजको मर्मत भइसकेको छ । उक्त जहाज अब नियमित उडान गर्न सक्ने अवस्थामा रहेको उनले बताए ।
SHARE YOUR THOUGHTS