![](https://internal.appharu.com/wp-content/uploads/2024/04/balen-paudel-768x403.png)
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्ध सामाजिक सञ्जालमा लेखेर चरित्र हत्या गरेको आरोप लागेका कर्मचारी पक्राउ परेका छन् ।
महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेललाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । पौडेलविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ ।
पौडेलले सामाजिक सञ्जाल फेसबुकमा मेयर शाहले सयौँ कर्मचारी करारमा नियुक्त गरेको र एक अर्ब रुपैयाँ खाएको भन्दै लेखेका थिए ।
पौडेलले फेसबुकमा ‘मेयर बालेनले नियुक्ति गरेका १६६ जना र उनीहरूले २ वर्षसम्म खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगरवासीले तिरेको कर हो’ लेखेका थिए ।
मेयर शाहमाथि झुटा आरोप लगाएर अपमान गरेको भन्दै सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।
मेयर शाहविरुद्ध लेखेपछि उनी पुस १६ गते निलम्बनमा परेका थिए । पौडेल २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा काम गर्दै आएका थिए ।
पौडेल यसअघि नागरिकता र राहदानी मुद्दामा दोषी ठहर थिए ।
काठमाडौं जिल्ला अदालतले २०७७ माघ ५ गते पौडेललाई २५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।
SHARE YOUR THOUGHTS