![](https://internal.appharu.com/wp-content/uploads/2024/04/ktm-dhumma-pradhushan.png)
काठमाडौं । काठमाडौं उपत्यकाको वायु आज खराबको सूचीमा पहिलो नम्बरमा परेको छ ।
विश्वभरको वायु प्रदूषणको रेकर्ड गर्ने आईक्यूएयरका अनुसार विश्वका वायु प्रदूषित सहरको सूचीमा काठमाडौं उपत्यका आज पहिलो नम्बरमा रहेको छ । आईक्यूएयरका अनुसार अहिले काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) २६५ छ।
प्रदुषित सहरको दोस्रो नम्बरमा भारतको नयाँ दिल्ली रहेको छ जसको एक्यूआई १८८ रहेको छ । बंगलादेशको ढाका १८१ एक्यूआईसहित तेस्रो नम्बरमा रहेको छ भने १६७ अंकसहित पाकिस्तानको लाहोर चौथो नम्बरमा रहेको छ ।
२ सय १ देखि ३ सयसम्मको एक्यूआईलाई अति अस्वस्थरक वायु मानिन्छ। ३ सय १ देखि ४ सयसम्मको एक्यूआईलाई खतरनाक र ४ सय १ देखि ४ सय ५० सम्मलाई अति खतरा मानिन्छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/ktm-Dhumma-2.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/ktm-Dhumma-3.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/ktm-Dhumma-5.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/ktm-Dhumma-7.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/ktm-Dhumma-9.jpg)
SHARE YOUR THOUGHTS