![](https://internal.appharu.com/wp-content/uploads/2023/04/Lumbini-pradesh-768x403.jpg)
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार विस्तार गर्ने भएका छन् ।
आज उनले नेकपा एमालेका चार जना, नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी र स्वतन्त्रबाट एक–एक जनालाई मन्त्री बनाएर सरकार विस्तार गर्न लागेका हुन् ।
आज विस्तार हुने मन्त्रीमण्डलमा नेकपा एमालेबाट दिनेश पन्थी, भूमिश्वर ढकाल, अर्जुनकुमार केसी र रत्नबहादुर खत्री रहेका छन् ।
यस्तै जसपाबाट भण्डारीलाल अहिर मन्त्री बन्ने भएका छन् । उनको भागमा कृषि मन्त्रालय पर्ने बताइएको छ ।
यस्तै नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी पनि मन्त्री बन्ने भएका छन् । एमाले र नागरिक उन्मुक्ति पार्टीबाट बन्ने मन्त्रीहरुले बिनाविभागीय मन्त्रीका रूपमा आजै शपथ लिने कार्यक्रम रहेको बताइएको छ ।
SHARE YOUR THOUGHTS