![](https://internal.appharu.com/wp-content/uploads/2024/04/PM-Office.jpeg)
काठमाडौं । सरकारले दुई सहसचिबलाई सचिबमा बढुवा गरेको गर्ने निर्णय गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले लेखापरीक्षण सेवा समूहतर्फका सहसचिब बैकुण्ठबहादुर अधिकारी र प्रशासन सेवा समूहतर्फका सहसचिब केदारनाथ शर्मालाई सचिबमा बढुवा गर्ने निर्णय गरेको हो ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावअनुसार स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व सहमति दिने निर्णय पनि सरकारले गरेको छ ।
बागमती प्रदेश सरकारको प्रमुख सचिब पदमा सहसचिब गोविन्दबहादुर कार्कीलाई कायम मुकायमको जिम्मेवारी दिएर प्रदेश प्रमुख सचिबको रुपमा खटाइने निर्णय पनि सरकारले गरेको छ । साथै राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।
SHARE YOUR THOUGHTS