चोभारमा आगलागी, महानगरको दमकल दुर्घटना हुँदा ६ जना घाइते « Eglish Khabarhub

चोभारमा आगलागी, महानगरको दमकल दुर्घटना हुँदा ६ जना घाइते



काठमाडौं । चोभारस्थित जंगलमा लागेको आगो निभाउन पुगेको काठमाडौं महानगरको दमकल पल्टिँदा ६ जना घाइते भएका छन् ।

दमकलमा ७ जना सवार रहेकोमा ६ जना घाइते भएका थिए ।

घाइतेको अवस्था सामान्य रहेको र बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दमकल अन्दाजी १००-१५० मिटर तल खसको छ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वर साहले आगो निभाउन चोभार उक्लिने क्रममा दमकल पल्टिएको बताए । घटनामा परेर तीन जना सशस्त्र प्रहरी र तीन नगर प्रहरी घाइते भएको उनले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु सामान्य रहेको प्रहरीले जनाएको छ ।

Publish on: