![](https://internal.appharu.com/wp-content/uploads/2019/08/sarbajanik-bida.jpg)
काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिने भएको छ । कतारी राजा नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । कतारका राजा ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउन लागेका हुन् ।
SHARE YOUR THOUGHTS