![](https://internal.appharu.com/wp-content/uploads/2022/07/Gold-768x427.png)
काठमाडौं । मंगलबार एकैदिन सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै मंगलबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर १६ सय ६० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS