![](https://internal.appharu.com/wp-content/uploads/2022/05/congress_uml-1-768x433.jpg)
काठमाडौं । बझाङ- १ मा जारी मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा दिएको छ ।
मतगणना अन्तिमचरणतिर पुग्दै गर्दा उक्त निर्वाचन क्षेत्रमा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको हो ।
प्रारम्भिक गणनामा एमालेका उम्मेदवारले अग्रता बनाएपनि पछि कांग्रेस उम्मेदवारले अग्रता बनाएका थिए तर अहिले एमाले उम्मेदवारले झिनो अग्रता बनाएका छन् ।
एमाले उम्मेदवार दमन भण्डारीले ९८८९ मत प्राप्त गर्दा कांग्रेसका अभिषेक सिंहले ९८७९ मत प्राप्त गरेका छन् । यी दुई बीचको मतान्तर जम्मा १० छ । ३० हजार ३२८ मत खसेको बझाङमा २७ हजार हाराहारी मत गणना भइसकेको छ । माओवादीले ३ हजार ६६३, एकीकृत समाजवादीले २ हजार ४०५ र राप्रपाले २३२ मत प्राप्त गरेका छन् ।
SHARE YOUR THOUGHTS