![](https://internal.appharu.com/wp-content/uploads/2024/04/aagolagi-lalitpug-8-768x512.jpg)
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ ।
आगलागी निभाउने क्रममा घाइते भएका दुईजनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएकामा एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिए ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/aagolagi-lalitpug-5-768x512.jpg)
आगो निभाउने क्रममा घाइते भएका शङ्कर पहरी र रमेश पहरीलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । घाइतेमध्ये शङ्कर पहरीको मृत्यु भएको उनले बताए ।
ललितपुरको गोदावरीस्थित लेले जङ्गलमा तीन/चार दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ । आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ ।
आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ । ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाइ छ । यस्तै, डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/aagolagi-lalitpug-4-scaled.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/aagolagi-lalitpug-6-scaled.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/aagolagi-lalitpug-1-scaled.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/aagolagi-lalitpug-13-scaled.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/aagolagi-lalitpug-2-scaled.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/aagolagi-lalitpug-11-scaled.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/aagolagi-lalitpug-7-1-768x512.jpg)
प्रतिक्रिया