काठमाडौं उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ड्राइभिङ लाइसेन्सको समस्या पूर्ण रुपमा समाधान गर्न अझै एक वर्षको समय लाग्ने बताएका छन् ।
बिहीवारको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री महासेठले विगत ८/९ महिना यता नेपालमा लाइसेन्सको ठूलो समस्या रहेको उल्लेख गर्दै अहिले एक महिना यता दिनको चारदेखि पाँच हजार प्रिन्ट शुरु भएको जानकारी दिए ।
ग्लोवल टेण्डर गरेर मेसिन ल्याइसकेपछि महिनाको एक लाख २५ हजारदेखि डेढ छापिने र त्यो अनुसार पनि पूर्ण समस्या समाधानका लागि अझै १२ देखि १३ महिनाको समय लाग्ने उनको भनाइ छ ।
उपप्रधानमन्त्री महासेठले देशको अवस्थालाई देखाउँदै बजेटको सिलिङ घटेको भएपनि आगामी बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बजेटको सिलिङ बढ्ने बताए ।
मुख्य रुपमा निर्माण मन्त्रालयहरुको बजेट बढाउने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको बताए ।
उनले रणनीतिक सडक अन्तर्गत निर्वाचन क्षेत्रीय सडकहरु आगामी बजेटमा मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने जिकिर गर्नुभयो । उहाँले उत्तर—दक्षिण सडक निर्माणलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको बताए ।
SHARE YOUR THOUGHTS