![](https://internal.appharu.com/wp-content/uploads/2021/09/Rail-768x512.webp)
काठमाडौं । भारतमा हुन लागेको लोकसभा चुनावलाई हेर्दै आइतबारदेखि आगमी मंगलबारसम्म जनकपुरबाट भारतको जयनगरसम्म रेल्वे सेवा अवरुद्ध हुने भएको छ ।
भारतको मधुवनी जिल्लाको झंझारपुर संसदीय क्षेत्रमा मे ७ तारिख मंगलबार लोकसभाको निर्बाचन हुँदैछ । उक्त निर्बाचनलाई हेर्दै भारतीय पक्षले शनिबार मध्यरातिदेखि अगामी मंगलबार मध्य रातिसम्म नेपाल भारत सीमा क्षेत्रको बोर्डर बन्द गर्ने निर्णय गरेको छ । उक्त निर्णयका कारण आइतबारदेखि मंगलबारसम्म रेल्वे सेवा बन्द हुने भएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/railways-524x768.jpg)
नेपाल रेल्वे कम्पनी लिमिटेडले आइतबारदेखि मंगलबारसम्म रेल्वे सेवा पूर्ण रुपमा वन्द रहने बिज्ञप्ती जारी गर्दै जानकारी गराएको छ । बुधबारदेखि फेरी पूर्ववत् रुपमा रेल्वे सेवा सुचारु हुने प्रवन्ध सञ्चालक निरन्जनकुमार झाले जानकारी दिएका छन् ।
SHARE YOUR THOUGHTS