![](https://internal.appharu.com/wp-content/uploads/2022/09/sandeep-768x620.png)
काठमाडौं । बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतको मुद्दाको पुनरावेदनमा रहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
उच्च अदालतमा पुनरावेदनमा रहेको लामिछानेको मुद्दा सूचीको पहिलो नम्बरमा रहेको छ । मुद्दा उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा रहेको छ ।
यसअघिको पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । त्यसैबमोजिम मुद्दाले अग्राधिकार पाउँदै पहिलो नम्बरमा रहेको हो ।
सन्दीका विषयमा आज सुनुवाइ टुंगोमा पुगेर सन्दीपले सफाइ पाए टी २० विश्वकपको ढोका खुल्ने कतिपयको विश्वास छ । नेपाल क्रकिट संघले यसअघि नै १५ सदस्यीय टोली घोषणा गरिसकेको छ, तर रिजर्भ टोलीको घोषणा भएको छैन ।
SHARE YOUR THOUGHTS