![](https://internal.appharu.com/wp-content/uploads/2022/10/dead.jpg)
काठमाडौं । गोंगबुमा एक जना युवतीको शव होटलमा फेला परेको छ ।
काठडमाडौंको बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको प्रहरीले जनाएको छ ।
मोरङको लेटाङ नगरपालिका-२ घर भइ बाँसबारी बस्दै आएकी उनको शव शुक्रबार गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा भेटिए त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो ।
अस्पताल लैजादा चिकित्सकले महिलाको मृत्यु भइसकेको घोषणा गरेका थिए ।
भण्डारी चन्द्रागिरि नगरपालिका-१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेको प्रहरीको भनाइ छ ।
लामो समयसम्म ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएको र त्यसक्रममा ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि पासो निकालेको उनले प्रहरीमा बयान दिएका छन् । प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएको छ ।
मृत भण्डारीको दायाँ आँखा सुन्निएको जस्तो देखिएको छ भने शरीरका अन्य भागमा चोट देखिएको छ । मृत भण्डारीका श्रीमान भने वैदेशिक रोजगारीका लागि विदेशमा छन् ।
भण्डारीको परिवारले कार्कीविरुद्ध किटानी जाहेरी दिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
SHARE YOUR THOUGHTS