![](https://internal.appharu.com/wp-content/uploads/2023/08/ramesh-lekhak.png)
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान राखेका छन् ।
बुधवार सिंहदरबारस्थित पार्टी संसदीय कार्यालयका कार्यालयमा संसदीय मामिलाका पत्रकारहरुसँगको अन्तरक्रियामा उनले उप्रधानमन्त्री लामिछाने व्यक्ति मात्रै नभएको र उनको सहकारी ठगीमा संलग्नता देखिएको भन्दै संसदीय छानबिन गर्नुपर्ने पार्टीको अडान कायमै रहेको प्रष्टयाएका छन् ।
प्रमुख सचेतक लेखकले सहकारीको रकम हिनामिनाको विषयमा उपप्रधानमन्त्री लामिछाने र समग्रतामा पनि छानबिन गरेर अघि बढ्नुपर्ने उल्लेख गरे ।
कांग्रेसले उपप्रधानमन्त्री लामिछानेको मात्रै छानबिन नगरेर समग्रतामा छानबिन गरी सहकारी बचतकर्ताको रकमको सुरक्षा गर्नुपर्छ भन्ने स्पष्ट अडान लिएको उनको भनाइ ।
नेपाली कांग्रेसले वैशाख २७ गते (भोलि) दिउँसो २ बजे पार्टी संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संविधान सभा भवनको ल्होत्से हलमा बोलाएको छ ।
प्रमुख सचेतक लेखकले संसदको बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका बारेमा सोही बैठकले आधिकारिक धाराणा सार्वजनिक गर्ने बताए ।
त्यसै अवसरमा गरी प्रमुख सचेतक लेखकले सरकारले प्रतिपक्षलाई नटेर्ने, हेप्ने गरेको गुनासो गरे ।
SHARE YOUR THOUGHTS