![](https://internal.appharu.com/wp-content/uploads/2024/05/samsad-abarudhha-nepali-congres-6-768x512.jpg)
काठमाडौं । नेपाली कांग्रेसको अवरोधका बिच प्रतिनिधि सभाको बैठक स्थगन भएको छ ।
शुक्रबार दोस्रो पटक बसेको बैठक जेठ १ गतेसम्मका लागि स्थगन भएको छ । जेठ १ गते साँझ ६ बजे बैठक बस्ने छ । १ गते सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ ।
१ गतेका लागि सरकारले प्रतिनिधि र राष्ट्रिय सभाका संयुक्त बैठक बोलाइएको छ । संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
SHARE YOUR THOUGHTS