![](https://internal.appharu.com/wp-content/uploads/2023/12/gold-768x383.jpg)
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३८ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन आइतबार एक लाख ३७ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३७ हजार चार सय ५० रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा १० ले ओरालो लागेको छ । आइतबार प्रतितोला एक हजार सात सय २५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय १५ रुपैयाँ निर्धारण भएको छ ।
SHARE YOUR THOUGHTS