![](https://internal.appharu.com/wp-content/uploads/2024/05/ramchandra-paudel2-768x403.png)
काठमाडौं । सरकारले विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गर्ने भएको छ ।
मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गरिने बताए ।
यसका निम्ति अन्तर्राष्ट्रिय भुक्तानी सेवाप्रदायकसँग अन्तरआबद्धता कायम गरिने उनले बताए । ‘विद्युतीय प्रणालीबाट सुरक्षित रूपमा वैदेशिक मुद्रामा भुक्तानी हुने व्यवस्था मिलाइनेछ’ राष्ट्रपतिले भने ।
SHARE YOUR THOUGHTS