![](https://internal.appharu.com/wp-content/uploads/2024/01/rabi-lamichhane-2.png)
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न उठेपछि संसद्मा त्यसको जवाफ दिन पाउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधवार दिउँसो छलफलपछि गृहमन्त्री लामिछानेले आफूमाथि प्रश्न उठेकाले जवाफ दिन पाउनु पर्ने र चित्त नबुझे कांग्रेसले बिरोध गर्न पाउने बताए ।
‘निरन्तर रुपमा प्रश्नहरू उठे, आरोपहरू लागे । सदन र सडकमा पनि गालीगलौज चल्यो । लोकतन्त्रमा बोल्न पाउनुपर्छ । त्यो अधिकार हो,’लामिछानेले सञ्चारकर्मीसँग भने, ‘जवाफ नै चित्त बुझेन भने उहाँहरूको विरोध गर्ने अधिकारको हामी सम्मान गर्छौ । नेपाली कांग्रेसजस्तो पार्टी त्यो अभ्यासमा चुक्नु हुँदैन ।’
रवि सहकारी ठगी प्रकणमा संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानविन समिति माग गर्दै संसदमा बिरोध गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS