![](https://internal.appharu.com/wp-content/uploads/2024/05/sandeep-lamichhane-new.png)
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ ।
लामिछानेलाई दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले उल्ट्याएको हो । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासे बुधबार लामिछानेलाई सफाइ दिएको हो ।
गौशाला २६ (परिवर्तित नाम) ले दायर गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।
उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात न्यायाधीशद्वय भट्ट र उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।
जिल्ला अदालतले दोषी ठहर गरेपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बित गरेको थियो । यो फैसलासँगै उनले क्रिकेट खेल्ने बाटो खुलेको छ ।
SHARE YOUR THOUGHTS