कांग्रेसको बिरोधपछि संसद स्थगित, प्रधानमन्त्रीले विश्वासको मत लिन पाउलान् ? « Eglish Khabarhub

कांग्रेसको बिरोधपछि संसद स्थगित, प्रधानमन्त्रीले विश्वासको मत लिन पाउलान् ?



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेसँगै प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

सोमवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूचि रहेको भएपनि कांग्रेसले संसद बैठक अवरुद्ध पारेको हो ।

सभामा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने काममा अवरुद्ध नगर्न आग्रह गरेका थिए । तर कांग्रेस सांसदहरुले बैठकमा नाराजुलुस गरेर वेल घेराउ गरे ।

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद बैठक सुचारु हुन नदिने अडान लिएको छ ।

आजको बैठकमा सभामुखले सरकारी कार्यसूचिमा प्रवेश गर्न लागेसँगै कांग्रेस सांसदहरुले वेल घेराउ गर्न पुगेका थिए । कांग्रेसको अवरोधसँगै १५ मिनेटका लागि बैठक स्थगित भएको सभामुख घिमिरेले घोषणा गरेका छन् ।

Publish on: