![](https://internal.appharu.com/wp-content/uploads/2023/04/congress-768x403.jpg)
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय समिति र र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संयुक्त बैठक यही जेठ ९ गते बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपा बस्ने गरी बोलाइएको हो ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समितिको माग गर्दै आइरहेको छ । तर, समिति बनाउन दुवै पक्ष तयार भए पनि सहमति भाँडिएपछि कांग्रेसले पार्टीको रणनीति बनाउन बैठक राखेको हो । कांग्रेसका भातृ संगठनहरु अहिले नै सहकारी प्रकरणमा सडकमा पनि निस्किसकेका छन् ।
SHARE YOUR THOUGHTS